खनियाबास गाउँपालिका
Script error: No such module "AfC submission catcheck".
खनियाबास गाउँपालिका[edit]
उत्तरमा हिमालय देखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको देशको एक मात्र जिल्ला धादिङको खनियाबास गाउँपालिका साबिकका तिनवटा गाउँ बिकाश समितिहरु दार्खा, सत्यदेवी र झर्लाङ मिलेर बनेको हो | यस गाउँपालिकाले पूर्व तर्फ नुवाकोट जिल्लासंग सिमाना जोडेको छ भने अन्य दिशामा धादिंग जिल्लाकै गाउँपालिकाहरु संग जोडिएको छ।अन्य दिशामा निम्न गाउँपालिका संग खानियाबास गाउँपालिका जोडिएको छ।
उत्तर दिशा :- रुबीभ्याली गाउँपालिका पश्चिम दिशा :- गंगाजमुना गाउँपालिका दक्षिण दिशा :- नेत्रावती गाउँपालिका पूर्व दिशा :- नुवाकोट जिल्ला
त्यसैगरि, धादिङ जिल्ला को उतरी क्षेत्रमा अवस्थित यस गाउँपालिका आर्थिक, सामाजिक तथा भौतिक पुर्बधारको दृस्टीकोणबाट धेरै नै पछाडी परेको छ| खास गरि तामाङ बाहुल्यता रहेका यो गाउँपालिका पुग्न सदरमुकाम धादिङबेसी देखि गाउँपालिकाको केन्द्र सम्म पुग्ने गरि कच्ची सडकको निर्माण भइसकेको छ तर वर्षायाममा भने यो सडक अधिकांस समय बन्द हुने गर्दछ |
धादिङ-बेसी सदरमुकाम बाट २ देखि ३ घण्टामा गाउँपालिका कार्यालय पुग्न सकिन्छ।
कुल भौगोलिक छेत्रफल १२०.८ वर्ग कि.मि. ओगटेको यस गाउँपालिकाले धादिङ जिल्लाको कुल क्षेत्रफलको जम्मा ५.५२ प्रतिशत भूभाग ओगटेको छ तथा २०६८ साल को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या १२७४९ रहेको थियो भने २०७५ साल को घर धुरी अनुसार यसको जनसंख्या १३९२२ पुगेको छ | जस मध्ये महिलाको संख्या ६७५५ र पुरुषको संख्या ७१६७ देखिन्छ |
यस गाउँपालिकामा जम्मा ५ ओटा वडा रहेका छन्। जस मध्ये साबिकको सत्यदेवी गा.बि.स. ले वडा नं ५ पुरा ओगटेको छ भने साबिकको झार्लाङ र दार्खा गा. बि. स. ले वडा नं.१ / वडा नं.२ र वडा नं. ३ / वडा नं.४ क्रमश ओगटेका छन्।
References[edit]
This article "खनियाबास गाउँपालिका" is from Wikipedia. The list of its authors can be seen in its historical and/or the page Edithistory:खनियाबास गाउँपालिका. Articles copied from Draft Namespace on Wikipedia could be seen on the Draft Namespace of Wikipedia and not main one.